×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु

दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ । 

गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको विरुद्धमा उच्च अदालत पुगेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि ुहेर्दाहेर्दैमाु मा राखेर शुक्रबार पेशी तोकिएको थियो । 

गत जेठ २९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले राज्यविरुद्धको कसुरसहित ज्यान मुद्दाको अभियोजनमा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 

२०८१ चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा घर आगजनी,सरकारी गाडी तोडफोड लगायत अवाञ्छित क्रियाकलाप गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको थियो ।

जिल्लाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो विरुद्ध प्रसाईँसहित सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम ६ असारमा उच्च अदालत गएका थिए ।

प्रतिकृया दिनुहोस्