×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

शिक्षक आन्दोलनकी घाइते पत्रकारको दुवै आँखाको भित्री भागसम्म चोट

शिक्षक आन्दोलनकी घाइते पत्रकारको दुवै आँखाको भित्री भागसम्म चोट

काठमाडौं। आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्‍न डा. सिभान्त श्रेष्ठले भनिन् ।

डा. श्रेष्ठका अनुसार चोट, हाइफिमाको कारणले गर्दा रेटिनामा पनि मज्जाले हेर्न सकिएको छैन । ‘आँखाको नशाको भागहरूसम्म चाहिँ देखिएको छ । तर त्यसपछि रेटिनाको अवस्था कस्तो छ भनेर हेर्न सकिएको छैन,’ उनले भनिन् ।

‘आँखामा रगत पनि जमेको छ । आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम (देख्ने क्षमता) कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर पनि बढेको छ,’ डा. श्रेष्ठ भन्छिन् ।
उनका अनुसार अहिले औषधिहरु सुरु गरिएको छ । रगत जमेको अवस्था कम भएपछि बल्ल हेर्न सकिन्छ । उनले अगाडि थपिन्, ‘अहिलेको चोट भएकाले औषधिले कम गरेपछि मात्रै के कस्तो अवस्था छ भनेर हेरेर आँखाको पर्दा कस्तो छ भनेर हेर्न सकिन्छ ।’

भिडियो एक्सरेबाट हेर्दा पर्दा च्यातिएको जस्तो देखिएको छैन । तर कहिलेकाहीँ रगत जमिदिने, बीचको हेर्न भाग सुन्निने जस्ता भागहरु राम्ररी नदेखिने हुन्छ । जसले गर्दा आँखाको नानी वरिपरिका भागहरु पनि प्रष्टसँग नदेखिएको उनले बताइन्।

‘अब औषधिले कस्तो असर गर्दै जान्छ त्यसपछि मात्र भन्न सकिन्छ । बाहिरी छाला त्यातिएको असर कम भएपछि र झिल्लीमा लागेको चोट कम भएपछि मात्रै सर्जरी गर्नुपर्छ । त्यो गरिसकेपछि एन्टिबायोटिक, स्टेरोइडलगायत गरिन्छ,’ उनले भनिन् ।

सीटी स्क्यानबाट थप हेरिने उनले बताइन् । ‘उहाँलाई नर्मल नै भन्न त मिल्दैन किनकी आँखाको भिजन एकदमै कम छ । अब हेर्दै जानुपर्छ । पछाडि पर्दामा पनि धेरै चोट लागेको रहेछ भने धेरै समय लाग्न सक्छ,’ डा. श्रेष्ठले भनिन् ।

प्रतिकृया दिनुहोस्