काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।