काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १४ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।