×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

३८४ किलो नक्कली महसहित एक पक्राउ

३८४ किलो नक्कली महसहित एक पक्राउ

काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौंको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट नक्कली महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।

निजले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्