×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने कांग्रेस नेताहरूको प्रस्ताव

०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने कांग्रेस नेताहरूको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको दलको संसदीय दलको कार्यालयमा डा.शशांक कोइराला, डा. नारायण खड्का लगायतले यस्तो प्रस्ताव गरेका हुन् ।

‘डा. शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन पछि गर्दा हुन्छ । ०८४ पछाडि गर्दा पनि हुन्छ भनेर राख्नुभयो’, एक नेताले जानकारी दिए ।

कांग्रेस संसदीय दलको बैठकमा स्थनीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि कांग्रेस नेताहरूले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्