×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वराजालाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद : कमल थापा

पूर्वराजालाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद भएको बताएका छन् ।  शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष थापाले महानगरपालिकाले सो पत्र फिर्ता लिनु बुद्धिमानी हुने बताएका छन् ।

उनले भनेका छन्–‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टण्ट’ भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।’ अध्यक्ष थापाले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न समेत महानगरपालिकालाई आग्रह गरेका छन् ।

महानगरले लेखेको पत्रको भाषा समेत अशिष्ट र अमर्यादित  रहेको बताउँदै उनले भनेका छन्– ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।’

प्रतिकृया दिनुहोस्