×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने छ । माओवादी केन्द्रले यही पुस २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज पुस १८ गतेदेखि २० गतेसम्म स्थायी कमिटी बस्ने छ । यसअघि माओवादी केन्द्रले पुस २ गतेदेखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै पुस २१ गतेसम्मका लागि सारेको थियो ।

प्रतिकृया दिनुहोस्