×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

नेपाल लाइफ इन्स्योरेन्स सञ्चालकमा ३ जना निर्वाचित

नेपाल लाइफ इन्स्योरेन्स सञ्चालकमा ३ जना निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) मा ३ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्थगित रहेको सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिष्वामा भएको थियो ।

जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् । निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।

प्रतिकृया दिनुहोस्