×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाल र थाइल्यान्डबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

नेपाल र थाइल्यान्डबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार–व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।

आजै प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच भेटवार्ता भएको थियो । त्यसपछि दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
 

प्रतिकृया दिनुहोस्