काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ९ हजार ५ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ५०० रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।