काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २७ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १७० रुपैयाँ बढेर प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।