×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नारायणकाजी श्रेष्ठविरुद्ध अदालत अवहेलना मुद्दा

नारायणकाजी श्रेष्ठविरुद्ध अदालत अवहेलना मुद्दा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अवहेलना मुद्दाको सुनुवाइका लागि मंगलबार भदौ १७ गतेका लागि पेसी तोकिएको छ ।

आयुष दाहालले अदालत,न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दिएका हुन् ।

पूर्वगृहमन्त्री श्रेष्ठले अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस्