×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

अण्डाको मूल्य घट्यो

अण्डाको मूल्य घट्यो

काठमाडौं । भारतीय अण्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अण्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बिहीबार बसेको बैठकले अण्डाको भाउ घटाउने निर्णय गरेको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अण्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।

‘अहिले बजारमा ३० प्रतिशत अण्डा भारतबाट तस्करी भएर आएको छ । हामीले लागत मूल्यमा बेच्दा पनि बजार पाउने स्थिति छैन । खुल्ला सिमाना र अनुगमन फितलो हुँदा नेपाली किसानहरू मारमा परेका छन्,’ अध्यक्ष पोखरेलले भने ।

संघका अनुसार यसअघि २१ माघमा ठूलो अण्डा मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो भने आजबाट ३७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । यस्तै, ३८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अण्डाको मूल्य अब ३५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ ।

दुई दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्ड फ्लू पुष्टि भए पनि नियन्त्रणमा आइसकेकोले त्यसको असर नपरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्