×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहन्छ : रवि लामिछाने

यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहन्छ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ म न्याय प्रक्रियालाई सघाउन आएको छु ।’  उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत उनले बताए ।

रविले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने समेत बताए । उनले भने, ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ। मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ ।’

लामिछानेले यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहने समेत बताए । उनले भने, ‘यो सरकार नढले सम्म जनता जाग्नुपर्छ ।’ 

प्रतिकृया दिनुहोस्