×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न १५ दिने सूचना

सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न १५ दिने सूचना

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बरामद भएका विभिन्न सामग्रीहरू लिलाम बिक्री गर्ने भएको छ । त्यसका लागि विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको छ ।  

विभागले सारी १३८ पिस, स्विटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस लिलाम बिक्री गर्न लागेको छ । 

यस्तै एयर बर्ड २ हजार ३४० पिस. स्मार्ट वाट २ हजार २९६ पिस. मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिसलगायतका सामाग्री पनि लिलाम गर्न लागिएको सूचनामा उल्लेख छ । 

नियमअनुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार लिलाम गर्न सूचना प्रकाशित गरिएको विभागको भनाइ छ । 

Capture

प्रतिकृया दिनुहोस्