×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रति ब्यारेल १०१ डलर नाघेको छ । विश्व बजारमा केही दिनयता तेलको मूल्य निरन्तर उकालो लागिरहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ डलर रहेको थियो। तर एकै दिनमा उल्लेखनीय वृद्धि भई मूल्य १०१ डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा आबद्ध ३२ देशले बजारमा ४० करोड ब्यारेल तेल उपलब्ध गराउने योजना बनाएको भए पनि त्यसले बजारको चिन्ता कम गर्न सकेको छैन ।

प्रतिवेदनहरूका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्यमा करिब २० प्रतिशतसम्म वृद्धि देखिएको छ ।

विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाज आवतजावत प्रभावित हुन सक्ने आशंकाले बजारमा चिन्ता बढेको छ। यही कारणले कच्चा तेलको मूल्य लगातार बढिरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्