काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रतितोला दुई हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।