×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो । भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीका पदहरुबाट निलम्बन गरेको छ ।
 

प्रतिकृया दिनुहोस्