काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई सहज हुनेगरी अनलाइन सेवा दिन लागिएको हो ।
‘असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ । कार्यलय आउनै पर्दैन,’ उनले भने । परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौ लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो ।
यी हुन् अनलाइनबाट हुने सेवा स्
१. त्रिवि रजिष्ट्रेशन आवेदन फाराम
२. परीक्षा आवेदन फाराम
३. ट्रान्सक्रिप्ट आवेदन फाराम
४. प्रोभिजनल सर्टिफिकेट
५. मूल प्रमाणपत्र
६. पूर्नयोगका लागी आवेदन फाराम
७. शैक्षिक कागजातमा नाम/थर/रजिष्ट्रेशन लगायत सच्चाउने फाराम
८. विभिन्न सिफारीस पत्रहरु
९. प्रमाणपत्रहरुको प्रमाणिकरण
१०. प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट
