×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दल दर्ता सनाखत गर्न विप्लवसहितका नेताहरू निर्वाचन आयोगमा

दल दर्ता सनाखत गर्न विप्लवसहितका नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । दल दर्ताको निवेदन दिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरू दल दर्ताका लागि सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका हुन् । गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए ।

उक्त दल दर्ताबारे आयोगको अध्ययनपछि उनीहरू आज सनाखत गर्न पुगेका हुन् । विप्लवसहितका नेताहरू केहीबेरअघि आयोग पुगेका हुन् ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअगावै दल दर्ताको निवेदन दिएका हुन् ।

प्रतिकृया दिनुहोस्