काठमाडौं । ११ जना सहसचिवहरूको सरुवा भएको छ । गत सोमबार (२१ वैशाख) मा बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ । जस अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै, सञ्चार मन्त्रालयका सहसचवि आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ । सञ्चार मन्त्रालयकै सहसचिव चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई भने सञ्चार मन्त्रालय सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ ।
को कहाँ ? (हेर्नुस् सूची)
