×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राप्रपाले तिर्‍यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना

राप्रपाले तिर्‍यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले गराएको जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ । राप्रपाका नेता ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम हस्तान्तरण हुन् । 

यसअघि राप्रपाले पूर्वाग्रही ढंगले आफूहरूलाई जरिबाना गरेको गुनासो गरेको थियो । तर, पार्टीभित्र आन्तरिक छलफलपछि राप्रपाले रकम तिर्ने निर्णय लिएको एक नेताले बताए । 

सोही अनुसार सोमबार रकम भुक्तानी गरिएको राप्रपाको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ।  रकम तिरेपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ ।  राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ ।  रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’ 

यसअघि राप्रपाले उक्त रकम नतिर्ने सार्वजनिक भएपछि सो पार्टीको आलोचना समेत भएको थियो । 

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल क्षेत्रमा स्वागत गर्ने क्रममा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई जरिवाना गरेको थियो । पूर्वराजालाई स्वागत गर्न राप्रपासहितका राजावादी सो क्षेत्रमा भेला भएका थिए । 

प्रतिकृया दिनुहोस्