×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

महाकालीमा सशस्त्र प्रहरीका जवानसहित दुई जना मृत फेला

महाकालीमा सशस्त्र प्रहरीका जवानसहित दुई जना मृत फेला

धनगढी । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेको सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत अवस्था फेला परेका छन् । सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० बरुणबहादुर सिंहले दुवै जनाको शव महाकाली नदीमा फेला परेको पुष्टि गरे ।

उनकाअनुसार तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको हो भने सशस्त्रका जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमै भेटिएको हो ।

डीएसपी सिंहले डडेलधुरातर्फ फेला परेका थापामगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । बीओपी परिगाउँमा कार्यरत जवान पुनमगरको शव महाकाली नदी किनारमै भारतीय भूमीमा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनोद थापाले भारतीय भूमीमा मृत भेटिएका कारण पुनमगरको शव भारतीय प्रहरीले घटनास्थल कार्य सकेर उतैतिर लगेको जानकारी दिए ।

अब भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन् ।  घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ ।

प्रतिकृया दिनुहोस्