सिन्धुपाल्चोक । बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पूर्व सूचना सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाई हप्ते सीआईडी भनेर कटाक्ष गरेका छन् । आज भएको नेकपा (माओवादी केन्द्र) बाह्रबिसे नगरपालिकाको तेस्रो नगर सम्मेलन उद्घाटन लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
केही समय अगाडी बस्नेतले आफूलाई सिन्धुपाल्चोकको सरकार भनेर स्वघोषणा गर्दै सरल सहयात्री पहिला कुल्ली थिए भन्दै एक कार्यक्रममा उडाएका थिए । सभामा सहयात्रीले भने, ‘पञ्चायती प्रहरीको हप्ते सीआईडी बनेर त्यति बेलाका कांग्रेस नेता कार्यकर्तालाई पक्राउने र टेरामक्स घोटाला जस्तो देशघाती भ्रष्ट हुनुभन्दा श्रमजीवी कुल्ली हुनु महान् कुरा हो ।’
सभामा प्रमुख अतिथिको रूपमा पूर्व सभामुख अग्नि सापकोटा संघीय सांसद माधव सापकोटा, बागमती प्रदेश पूर्व भौतिक योजना मन्त्री युवराज दुलाल लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै उनले भने राणा सरकारले सिन्धुपाल्चोक भनेको छोरी बेच्नेहरुको जिल्ला हो भनेर नाम रोखेकोमा आफुहरुको मन दुखेको बताएका छन । सिन्धुलाल्चोकलाई बदनाम गराउन छोरी बेच्नेहरुको जिल्ला भनेर नाम राखेकामा आपत्ती जनाएका छन । त्यस्तै अर्काे सरकारले सिन्धुपाल्चोक भनेको डाका, तस्कर, फटाहा, गुण्डाहरुको जिल्ला हो भनेर नाम राखेको बताए । सिन्धुपाल्चोक जिल्लामा व्यापारी र व्यवसायीहरु आउनु हुन्न यहाँ गुण्डागर्दी र दादागिरी चल्छ सिन्धुपाल्चोकमा लगानी गर्नु हुदैन व्यापार व्यवसाय गर्नु हुदैन भन्ने कुराको सन्देस जिल्लालाई दिएको पनि उनले बताए ।
उनले भने : हाम्रो उदेश्य यति नै हो सिन्धुपाल्चोक जिल्लालाई छोरी बेच्नेहरुको जिल्ला होइन छोरीहरुलाई सम्मान गर्ने जिल्ला हो भनेर स्थापित गर्ने नेकपा माओवादी केन्द्र हो । सिन्धुपाल्चोकलाई गुण्डा, तस्कर र डाकाहरुको जिल्ला होईन स्वाभिमान नेपाली जनताहरुको जिल्ला हो भनेर स्थापित गर्ने जिम्मेवारी नेकपा माओवादी केन्द्रका नेताहरुलाई छ आउनुहोस एकताबद्ध भएर अगाडी बढौं ।