×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

म्याग्दीमा केही मिनेटको अन्तरमा दोस्रो भूकम्प

म्याग्दीमा केही मिनेटको अन्तरमा दोस्रो भूकम्प

काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो । यसको तीव्रता ३।६ म्याग्निच्युड रहेको थियो ।

यसअघि बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो ।

सोमबार बिहान पनि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।

प्रतिकृया दिनुहोस्