×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मूल्य तोलाकै २ लाख १० हजार नाघ्यो

सुनको मूल्य तोलाकै २ लाख १० हजार नाघ्यो

काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा  २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । 

यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्