जनकपुधाम । भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।
जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी टोली तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन् । साथै तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूले फूलमाला समेत लगाइदिएका छन् ।
राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो ।
नेपाल–भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने उद्देश्यका साथ जनकपुरधाम(अयोध्या रेलसेवा सुरु गरिएको हो ।
यो रेल सेवा दुई देशको रोटीबेटी सम्बन्धलाई थप बलियोसँगै धार्मिक तथा सांस्कृतिक तीर्थाटनमा ठूलो टेवा पुग्ने विश्वास छ । अयोध्या अर्थात् भगवान रामको जन्मभूमि र आदर्शनारी जानकीको ससुराल हो भने जनकपुरधाम जानकीको माइत र रामको ससुराल। यसले त्रेताकालीन सम्बन्धलाई प्रगाढ बनाउने विश्वास लिइएको छ।