×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते

सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएको छ ।

आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताए । उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

घटनास्थलमा रहेको प्रहरी टोलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेहरूको उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चौकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।

प्रतिकृया दिनुहोस्