×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

४१ अंक घट्यो सेयर बजार

४१ अंक घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार ४१.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८३४ मा झरेको छ । कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २९०५ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिमसम्म रातो रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३३ करोडको भयो । ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो ।

अधिकांश समूहका सूचक घटेका छन् । बैंकिङ १.०४, विकास बैंक २.५५, फाइनान्स १.६८, होटल तथा पर्यटन ०.८४, हाइड्रोपावर १.५९, लगानी १.८०, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन १.६१, निर्जीवन बीमा १.२७, अन्य २.८३ तथा व्यापार १.६२ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.५० प्रतिशत बढ्यो ।

दुई कम्पनीको समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको मूल्य ४.६४ तथा सिर्जनशील लघुवित्तको मूल्य ४.२२ प्रतिशत बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै ट्रेड टावरको ७.३५, लुम्बिनी विकास बैंकको ५.४ तथा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ४.८० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, ट्रेड टावर, शिवम् सिमेन्ट, बुटवल पावर र ङादी ग्रुप क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्