×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीसँग एकता गर्न नेकपाले बनायो वार्ता टोली

माओवादीसँग एकता गर्न नेकपाले बनायो वार्ता टोली

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ ।  केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।

वार्ता टोली सदस्यहरूमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । पार्टीको निर्णयबारे बुढाथोकीले भने– ‘माओवादी केन्द्र लगायत कम्युनिस्ट पार्टीसँग एकता, ध्रुवीकरणबारे छलफल गर्न अहिलेलाई तीन सदस्य वार्ता टोली बनाइएको छ ।’

साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपा लगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो । 
 

प्रतिकृया दिनुहोस्