×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आज पनि घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

आज पनि घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लाग्न थालेको छ । हिजो बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबर पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्