×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी

बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी

काठमाडौं । बागमती प्रदेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश गर्ने मुख्य आठ वटा नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी गरेको हो ।

तीन चरणमा गरेर सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । पहिलो चरणमा मकवानपुरको रातमाटे र सिन्धुलीको भीमानमा सुरक्षा पोस्ट राख्ने तयारी अघि बढाइएको छ ।

दोस्रो चरणमा चितवनको मुग्लिन र नारायणगढमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ । तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको तामाबगरमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्