×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित भएको हो । परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण बैठक स्थगित भएको हो ।

आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो । परराष्ट्रमन्त्री राणा काठमाडौं बाहिर रहेको र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोरले बताए ।

परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छन् ।

समिति सचिवालयका अनुसार आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने तयारी थियो । उनको पनि समय नमिलेकाले बैठक बस्न सकेन् ।

बैठकको अर्को मिति तय भइसकेको छन् ।

प्रतिकृया दिनुहोस्