×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा

नेपाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा

काठमाडौँ । नेपाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा दर्ज भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार  नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ । जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ । 

आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदुषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ । जुन सूचीमा नेपालमात्रै रहेको छ । 

यसैगरी दोस्रो नम्बरमा भियतनामको होनाइ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथो नम्बरमा बंगलादेशको ढाका, पाँचौ नम्बरमा सेनेगलको डाकर रहेको आईक्यूएयरले जनाएको छ । 

यस्तै १० औँ नम्बरमा भारतको मुम्बई रहेको छ । 

प्रतिकृया दिनुहोस्