×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए । 

पहिलो बैठकमा विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्