काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएपछि स्थानान्तरण गरिँदै छ ।
अन्य ठाउँका कैदीबन्दी बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् ।
रवि लामिछाने जस्तै बिना प्रक्रिया जेलबाट निस्किन पाउनुपर्ने भन्दै केही कैदीहरू स्थानान्तरण हुन मानेका छैनन्।