×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि  रुट परमिट खुला गरिएको हो ।

कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट-काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।

आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।

प्रतिकृया दिनुहोस्