×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अर्घाखाँची दुर्घटनामा दुईको मृत्यु, २५ जना घाइते

अर्घाखाँची दुर्घटनामा दुईको मृत्यु, २५ जना घाइते

बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । जिल्लाको पाणिनी गाउँपालिका-८ दुर्गा फाँट कुडुलेमा झ १ ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्