काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।