×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

घट्यो अन्डाको भाउ

घट्यो अन्डाको भाउ

काठमाडौं । दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ । १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो ।

यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डा उत्पादन बढ्दा भाउ घटेको हो । ‘अहिले माउ कुखुरा बिक्री राम्रो भएको छैन, नयाँ चल्ला पनि धेरै हुर्केका छन्, जसले अन्डा उत्पादन बढायो,’ उनले भने ।

किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय भएको पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्