×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाल सद्‌भावना पार्टी पुनर्गठन,आयोगले दियो मान्यता

नेपाल सद्‌भावना पार्टी पुनर्गठन,आयोगले दियो मान्यता

काठमाडौं । नेपाल सद्‌भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्‌भावना पार्टी पुनर्गठन गरेका हुन् । उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ ।

मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो ।

झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानीमन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए । उनी पुन लोसपा छाडेर सद्‌भावना पार्टीमा सक्रिय भएका हुन् ।

प्रतिकृया दिनुहोस्