काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा २४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी ३० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।