काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।