×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।  थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् । 

उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए । ३ जना प्रतिस्पर्धी मध्ये वरियतामा थापा एक नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।
 

प्रतिकृया दिनुहोस्