×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११:४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ । भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो । यू-१९ महिला विश्वकप पनि आगामी जनवरी(फेब्रुअरीमा हुँदैछ ।

प्रतिकृया दिनुहोस्