×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

दशैँमा ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्यमा भारी कटौती, रु. ५० हजारसम्म क्यासब्याक

दशैँमा ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्यमा भारी कटौती, रु. ५० हजारसम्म क्यासब्याक

काठमाडौँ । सामसङ नेपालले दशैँलाई लक्षित गर्दै आफ्ना प्रिमियम फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को मूल्यमा भारी कटौतीको घोषणा गरेको छ । कम्पनीले ग्राहकहरूलाई यी डिभाइसमा ५० हजार रुपैयाँसम्मको क्यासब्याक सुविधा दिएको छ ।

ग्यालेक्सी जेड फोल्ड६ (१२ं+५१२ जीबी) को मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँबाट घटाएर एक लाख ७९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । जसमा ५० हजार रुपैयाँको क्यासब्याक समावेश छ ।

त्यसैगरी, ग्यालेक्सी जेड फोल्ड६ (१२ं+२५६ जीबी) अब दुई लाख १४ हजार ९९९ रुपैयाँ बाट एक लाख ६४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसमा पनि ५० हजार रुपैयाँको क्यासब्याक पाइनेछ ।

ग्यालेक्सी जेड फ्लिप६ (१२ं+२५६ जीबी) को मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँबाट घटाएर ९९ हजार ९९९ रुपैयाँमा झारिएको छ । यसमा ४० हजार रुपैयाँको क्यासब्याक दिइएको छ ।

यसका अतिरिक्त, ग्राहकहरूले नेपालभरिका सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत् यी स्मार्टफोनहरू शून्य प्रतिशत ब्याजदरमा सहज ईएमआईमा खरिद गर्न सक्नेछन् । यो सुविधा अन्तर्गत १८ महिनाको डिभाइस इन्स्योरेन्स पनि समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस्