×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तुइनखोलामा फेरि पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

तुइनखोलामा फेरि पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । तुइनखोलामा फेरी सुक्खा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको  छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल  गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

यसविषयमा निर्णय  लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताए । सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए ।

पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्