×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मधेसकेन्द्रित ८ दलले गठन गरे कार्यदल

मधेसकेन्द्रित ८ दलले गठन गरे कार्यदल

काठमाडौं। मधेसकेन्द्रित आठ दलले सबै सम्मिलित कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाएका हुन् ।

बैठकले बैठकमा जसपा इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह रहेको कार्यदल गठन गरिएको छ ।

आठ दल सम्मिलित कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी गराए ।

जनमत प्रवक्ता यादवले भने,‘ ‘सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको छ । सामाजिक सञ्जाललाई नियमन भन्दा पनि नियन्त्रण विधेयक सरकारले ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित गर्न भएन ।’

प्रतिकृया दिनुहोस्