काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।